Rule 155A
सञ्चयकोष र बीमा बाहेक अन्य कुनै सुविधा नपाउने
: (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नियम ११३ को उपनियम (२) बमोजिम सेवाबाट बर्खास्त भएको सशस्त्र प्रहरी कर्मचारीले नियम ६२ बमोजिमको कर्मचारी सञ्चयकोषको रकम र नियम १५५ बमोजिमको बीमा बाहेक यस नियमावलीको अन्य कुनै पनि सुविधा पाउने छैन ।
(२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नियम १०७क. को उपनियम (१) बमोजिमको विवरण वा अन्य कुनै स्रोतबाट कुनै सशस्त्र प्रहरी कर्मचारीको सगोलको पति वा पत्नीले स्थायी आवासीय अनुमति प्राप्त गरेको देखिएमा स्थायी आवासीय अनुमति लिएको त्यस्तो पति वा पत्नीले नियम ६२ बमोजिमको कर्मचारी सञ्चय कोषको रकम र नियम १५५ बमोजिमको बीमा बाहेक यस नियमावली बमोजिमको अन्य कुनै पनि सुविधा पाउने छैन ।